स्ये फङ: शान्तिपूर्ण सहअस्तित्व बटमलाईन हो चीन र अमेरिका अडिग रहनुपर्छ
2023-01-16 16:19:11cri
Share with:

जनवरी १६ तारिख चिनियाँ उप-परराष्ट्र मन्त्री स्ये फङले सन् २०२३ बृहत् परिस्थिति वार्षिक फोरम एवम चौथो चिनियाँ थिङ्क ट्याङ्क अन्तर्राष्ट्रिय प्रभाव मञ्चमा सम्बोधन गर्दै हालको चीन-अमेरिका सम्बन्धका बारेमा आफ्नो विचार व्यक्त गर्नुभएको छ।

 

चीन र अमेरिका सुरक्षा परिषद्का दुई शीर्ष अर्थतन्त्र र स्थायी सदस्यहरूका रूपमा विश्व शान्ति र स्थायित्व कायम राख्ने र विश्वव्यापी विकास तथा समृद्धिको प्रवर्द्धन गर्नका लागि विशेष र महत्त्वपूर्ण जिम्मेवारीहरू बोकेको बताउँदै चीन र अमेरिकाको साझा चासो रहेको स्ये फङले औँल्याउनुभयो। उहाँले चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासको प्रवर्द्धन गर्नु दुई देश र विश्वका जनताको वास्तविक जिम्मेवारी भएको पनि बताउनुभयो।

 

चीन-अमेरिका बीच आदानप्रदान तथा अन्तरक्रियाका लागि पारस्परिक सम्मान पूर्व शर्त भएको भन्दै चीन र अमेरिकाले सामाजिक प्रणाली र विकास मार्गहरूमा रहेका भिन्नतालाई मान्यता र सम्मान दिनुपर्ने पनि उप मन्त्री स्येले बताउनुभयो।

 

उहाँले भन्नुभयो: "शान्तिपूर्ण सहअस्तित्व चीन र अमेरिकाले पालन गर्नैपर्ने आधार रेखा हो। साझा जीत सहयोगको लक्ष्य हो जसकालागि दुवै पक्षले प्रयास गर्नुपर्छ।"