चीन र विश्व स्वास्थ्य संगठनले महामारी रोकथाम र नियन्त्रणको प्राविधिक आदानप्रदान तथा सहकार्यलाई सुदृढ बनाउँदै जाने
2023-01-16 18:54:03cri
Share with:

जनवरी १६ तारिख चिनियाँ राज्य परिषदको संयुक्त रोकथाम तथा नियन्त्रण विभागले एक पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले प्रकोप पछिको तीन वर्षमा चीनले सधैं जनता र जनताको जीवनलाई पहिलो स्थानमा राख्दैआएको बताउँदै महामारी विरूद्धको विश्वव्यापी लडाईँमा महत्वपूर्ण योगदान पुर्‍याएको कुरा बताउनुभयो।

 

जनवरी १४ तारिख राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा स्याउ वेईले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसससँग फोनमार्फत् वर्तमान महामारी रोकथाम र नियन्त्रण कार्यबारे वैचारिक आदान-प्रदान गर्नुभएको थियो। डब्लुएचओले चीन राज्य परिषदको संयुक्त रोकथाम तथा नियन्त्रण संयन्त्रको पत्रकार सम्मेलनमा चीनबाट सार्वजनिक महामारीको परिस्थितिको प्रशंसा गर्नुभएको थियो। दुवै पक्षले महामारीको रोकथाम तथा नियन्त्रणमा प्राविधिक आदानप्रदान तथा सहकार्यलाई संयुक्तरूपमा सुदृढ गर्न सहमति जनाएका छन्।