सबैले साझा खुलापन र सहकार्यलाई अघि बढाउनुपर्ने चिनियाँ उप परराष्ट्रमन्त्री स्ये फङको ठहर
2023-01-16 18:55:24cri
Share with:

जनवरी १६ तारिख चीनका उप परराष्ट्रमन्त्री स्ये फङले सन् २०२३ चौथो चिनियाँ थिङ्क ट्याङ्क अन्तर्राष्ट्रिय प्रभाव मञ्चमा आफ्नो मुख्य विचारबारे जानकारी दिनुभएको छ। सो अवसरमा उहाँले मानवजातिको साझा भाग्य समुदायको निर्माणलाई प्रवर्द्धन गर्न सबैले साझा खुलापन र सहकार्यलाई अघि बढाउनुपर्ने साथै साझा विजयको लागि प्रयास गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो।

 

खुल्नु भनेको दुईतर्फी सडक हो र आफ्नो ढोका बन्द गर्दा अरूका लागि खुलेको भन्न नमिल्ने उहाँको ठहर थियो। हाल चीनले महामारी रोकथाम तथा नियन्त्रण नीतिलाई अहिलेको परिस्थिति अनुसार अनुकूल र समायोजन गरेको साथै खुलापनको ढोका खोलेको भन्दै उहाँले यसले चिनियाँ अर्थतन्त्रको स्थिरता र पुनरूत्थानको लागि प्रबर्द्धन गरेको मात्र नभई विश्वको आर्थिक पुनरूत्थानको नयाँ शक्ति दिएको दाबी पनि गर्नुभयो। साथै अन्तर्राष्ट्रिय समाजले चीनको गतिविधिलाई व्यापकरूपमा स्वागत गरेको कुरा पनि उहाँले बताउनुभयो।