चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा पार्टी बाहिरका स्वतन्त्र प्रतिनिधिहरूबीच वसन्त चाड गोष्ठी सम्पन्न
2023-01-16 18:57:29cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १६ तारिख बिहान जन बृहत् सभा भवनमा विभिन्न प्रजातान्त्रिक पार्टी समूह, अखिल चीन उद्योग वाणिज्य संघका जिम्मेवार व्यक्ति र पार्टी बाहिरका स्वतन्त्र प्रतिनिधिहरूसँग गोष्ठी गर्दै वसन्त चाड मनाउनुभएको छ।

 

त्यस अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट विभिन्न प्रजातान्त्रिक पार्टी समूह र अखिल चीन उद्योग वाणिज्य संघका नयाँ निर्वाचित नेताहरूलाई हार्दिक बधाई दिनुभयो। साथै उहाँले विभिन्न प्रजातान्त्रिक पार्टी समूह, अखिल चीन उद्योग वाणिज्य संघ, पार्टी बाहिरका व्यक्तिहरू र एकीकृत मोर्चाका अधिकांश सदस्यहरूलाई न्यानो अभिवादन र वसन्त चाडको शुभकामना पनि ज्ञापन गर्नुभएको छ।