चीनको परराष्ट्र मन्त्रालयद्वारा नेपाली विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धान्जली
2023-01-16 18:56:27cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जनवरी १६ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै १५ तारिख नेपालको पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ।

 

उहाँ यसरी भन्नुहुन्छ: ‘यस्तो  दु:खद अवसरमा नेपालको परम्परागत असल छिमेकी र सदिच्छापूर्ण साथीको हैसियतले हामीले नेपाली जनता झैं उस्तै अनुभव गरेका छौं। विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरूप्रति म शोक श्रद्धाञ्जली गर्नुका साथै उनीहरूका परिवारजनलाई हार्दिक समवेदना प्रकट गर्न चाहन्छु।’