सन् २०२२ मा चीनको वार्षिक कूल गाहर्स्थ उत्पादन १२१० खर्ब २० अर्ब ७० करोड चिनियाँ युआन
2023-01-17 19:11:44cri
Share with:

 

जनवरी १७ तारिख चिनियाँ राज्य परिषदको सूचना कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी केही तथ्याङ्क सार्वजनिक गरेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२२ को चीनको वार्षिक कूल गार्हस्थ उत्पादन जीडीपी १२१० खर्ब २० अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बृद्धि भएको हो।

 

त्रैमासिक हिसाबले पहिलो त्रैमासिक जीडीपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले बृद्धि भएको छ भने दोस्रो त्रैमासिक बृद्धि दर ०.४ प्रतिशत भएको छ। त्यसैगरी तेस्रो त्रैमासिकको बृद्धि दर ३.९ प्रतिशत  र चौथो त्रैमासिकको बृद्धि दर २.९ प्रतिशत रेहेको छ।