राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश
2023-01-17 18:32:32cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १६ तारिख नेपालमा यात्रुवाहक विमान दुर्घटनाप्रति नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले नेपालमा यात्रुवाहक विमान दुर्घटना भएकाले मानिसको ठूलो हताहत भएको खबर पाउँदा आफूलाई साह्रै दुःख लागेको उल्लेख गर्नु भएको छ। उक्त सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकलाई श्रद्धान्जली अर्पण गर्नुका साथै मृतकका परिवारजनलाई हार्दिक समवेदना प्रकट पनि गर्नु भएको छ।

 

सोही दिन प्रधानमन्त्री ली ख छ्याङले पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाउनुभएको छ।