सन् २०२३ वसन्त चाड गालाको चौथो पूर्वाभ्यास सम्पन्न
2023-01-17 10:57:33cri
Share with:

जनवरी १६ तारिख चाइना मिडिया ग्रुपको सन् २०२३ वसन्त चाड गालाको चौथो पूर्वाभ्यास सफलताका साथ सम्पन्न भएको छ। गालामा कला र प्रविधि, परम्परा र आधुनिकता जोडिएका धेरै कार्यक्रमहरूमा विशेष रचनात्मकता देखाइएको छ।

यस वर्षको गालामा चीनको सोङ, युआन राजवंशको नाटक फु स्यान नाटकला पहिलो पटक मञ्चन गरिने भएको छ। उत्कृष्ठ प्रदर्शन हेर्दै सो गालाका दर्शकले निकै प्रशंसा गरेका छन्। जीवित अवशेष मानिएको फु स्यान नाटकको इतिहास एक हजार वर्षभन्दा पुरानो हो। पहिलो पटक वसन्त चाडको रचनात्मक कार्यक्रममा जोडिएर चिनियाँ जातिको उत्कृष्ठ परम्परागत संस्कृतिक आकर्षण देखाइएको छ।

चीनको स छ्वान प्रान्त ता ल्याङ शान पहाड सी द जिल्लाका बालबालिकाको सामूहिक स्वरमार्फत् आशावादी गीतको माध्यमबाट वसन्त चाड गालाको शुरूवात गरिने भएको छ। चौथो पूर्वाभ्यासको सफलतासँगै कार्यक्रममा सहभागी सबै सदस्यहरूले हरेक कामलाई पूर्णता दिलाएर सारा चिनियाँला एउटा अद्भुत कार्यक्रम दिने छन्।