चिनियाँ खोपको सुरक्षा र प्रभावकारी क्षमतामाथि हिलो छ्याप्तै अमेरिका
2023-01-17 18:31:33cri
Share with:

 

हाल चीनको महामारी नियन्त्रण र प्रतिरोध सम्बन्धी नीति परिवर्तन भइरहेको छ। तैपनि केही अमेरिकी राजनीतिज्ञ र मिडियाले मौका छोपेर चिनियाँ महामारी खोपमाथि नयाँ चरणको दोषारोपण र तथ्य कुरा बङग्याउँदै महामारीको प्रतिरोध सम्बन्धी चीनको प्रयासलाई नष्ट पार्न खोजेका छन्। वास्तवमा आफ्नो देशका औषधी व्यवसायका लागि औषधी र खोपको प्रचार प्रसार गर्नुका साथै अझ बढी बिक्री गर्न सक्नु नै उनीहरूको साँचो उद्देश्य हो। 

चिनियाँ खोप राम्रो छ कि छैन? वैज्ञानिक तथ्यमा भर पर्नुपर्छ। हाल चीन विश्वमा एक मात्र नयाँ कोरोना महामारीका बहु किसिमका प्राविधिक उत्पादन लाइन रहेको मुलुक बनेको छ। चीनले ४ वटा प्राविधिक उत्पादन लाइन समेटिएको जम्मा १३ किसिमका नयाँ कोरोना खोपको प्रयोगलाई अनुमोदन गरेको छ।

खोप भाइरसको प्रतिरोध गर्ने सशक्त अस्त्र हो। बरू केही अमेरिकीहरूको राजनीतिक साधन होइन। केही अमेरिकी राजनीतिज्ञहरूले धेरैपटक गरी विज्ञान र तथ्य विपरीत हुने झुटलाई दोहर्याएका छन्। त्यसको सट्टा उनीहरूले आफ्नो महामारी प्रतिरोधात्मक समस्याको ठीक व्यवहार गर्दै छिटोभन्दा छिटो खोप अनुदान दिने आफ्नो वचन बद्धतालाई व्यवहारमा उतारेर स्वदेशका जनता र विश्व महामारी प्रतिरोधात्मक कार्यका लागि वास्तविक योगदान दिनुपर्छ।