क्वाङचौ-शनचन-हङकङ उच्च गतिको रेलको हङकङ खण्डको टिकटको दैनिक उपलब्धता दुवै दिशामा १४ हजार पुगेको
2023-01-17 11:03:47cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको यातायात र रसद ब्यूरोले १६ तारिख जनाए अनुसार हङकङ र मुख्यभूमिका सम्बन्धित एकाइहरूको समन्वयपछि जनवरी १७ देखि विक्रीकालागि उपलब्ध उच्च गतिको रेलका टिकटको सङ्ख्या क्वाङचौ-शनचन-हङकङ उच्च गतिको रेलको हङकङ खण्डमा दुवै दिशामा प्रति दिन १० हजारबाट बढाएर १४  हजार पुर्याइएको छ।

 

क्वाङचौ-शनचन-हङकङ उच्च गतिको रेलको हङकङ खण्ड र सिच्यौलोङ बन्दरगाहले १५ तारिखबाट सेवा सुचारु गरेको छ। एक दिनमा करिब ८,५०० यात्रुहरूले हङकङ र मुख्य भूमिका विभिन्न स्टेशनहरूमा उच्च गतिको रेल चढेको हङकङको यातायात र रसद ब्यूरोले जनाएको छ।