सन् २०२२ मा चीनमा ६८ करोड टनभन्दा बढी अन्न उत्पादन
2023-01-17 19:12:56cri
Share with:

जनवरी १७ तारिख बिहान चिनियाँ राज्य परिषदको सूचना कार्यालयले सन् २०२२ को चीनको राष्ट्रिय अर्थतन्त्रको सञ्चालनको बिषय परिचय दिन पत्रकार सम्मेलन आयोजना गरेको छ ।

 

सो पत्रकार सम्मेलनमा सन् २०२२ मा बार्षिक राष्ट्रिय खाद्यान्न उत्पादन कुल मात्रा ६८ करोड ६५ लाख ३० हजार टन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३६ लाख ८० हजार टन बढी हो र ०.५ प्रतिशतले बढेको छ। यस मध्ये ग्रीष्म अन्नको उत्पादन मात्रा १४ करोड ७४ लाख टन पुगेको छ र अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले वृद्धि भएको छ। शरद अन्नको उत्पादन मात्रा ५१ करोड १० लाख टन छ र ०.४ प्रतिशतको वृद्धि भएको छ।