अमेरिकाद्वारा घरेलु द्वन्द्वलाई विदेशमा स्थानान्तरण गरेबाट सबैलाई हानि
2023-01-17 15:27:06cri
Share with:

स्थानीय समयअनुसार, जनवरी ७ तारिख बिहान सबेरै १५ चरणको मतदान भएपछि अमेरिकी प्रतिनिधि सभामा रिपब्लिक पार्टीका नेता केभिन म्याकार्थी झगडाको वातावरण बीच सभामुख नियुक्त भएका थिए। दुई पार्टीबीच बढेको द्वन्द्व्, पार्टीभित्र भयङ्कर गुटबन्दी संघर्ष, लाभको असमान वितरण आदि प्रभावमा यो नै अमेरिकी काँग्रेसको विगत १५४ वर्षयता सबैभन्दा लामो समय लागेको सभामुख चुनाव बनेको छ जसबाट अमेरिकाको द्वन्द्वात्मक लोकतन्त्रको बेफाइदालाई पूर्ण रूपमा देखाइएको छ साथै अर्को ठूलो मात्राको अमेरिकी शैलीको लोकतान्त्रिक अराजकता हुने संभावनालाई लुकाएर राखिएको छ।

 

त्यसको मात्र ३ दिन पछि म्याकार्थीले एकताबद्ध हुन दुई पार्टीसमक्ष आह्वान गरेका थिए। उनले चिनियाँ धम्की निकै ठूलो भएकोले दुई पार्टीबीच घरेलु द्वन्द्व हुनुहुँदैन भन्दै एक भएर चिनियाँ चुनौतीको सामना गर्नसक्ने आशा आफूले लिएको उल्लेख गरेका थिए। हाम्रो सबैभन्दा ठूलो चिन्ता नै चीन भएको पनि उनले दोहोर्याएका थिए। यसरी नै दुई पार्टीबीच साँच्चिकै“एकता”भएको थियो। त्यसपछि अमेरिकी प्रतिनिधिसभाले ३६५:६५ मतको पूर्ण लाभबाट “अमेरिका—चीन रणनीतिक प्रतिस्पर्धा विशेष समिति”को स्थापना गर्न स्वीकार गरेको थियो जुन विशेष गरी अमेरिका र चीनबीच प्रतिस्पर्धाको समाधान गर्नुका साथै अमेरिकासमक्ष देखिने तथाकथित चिनियाँ धम्कीको सामना गर्नेछ। यसबाट अमेरिकी राजनीतिक ध्रुविकरण र सामाजिक विभाजन स्थिति नयाँ शिखरमा पुगेको अवस्थामा दुई पार्टीबीच सहमति सम्पन्न हुने एक मात्र अवसर चीनप्रतिई लक्षित रहेको स्पष्ट रूपमा देखिएको छ। घरेलु द्वन्द्वलाई विदेशमा स्थानान्तरण गर्ने गतिविधिले चीन र अमेरिका सम्बन्धलाई ठूलो हानि पुर्याउनुका साथै विश्वलाई धेरै समस्या पुर्याउनेछ।

 

महामारी नै अमेरिकाले प्रयोग गरिरहेको उपकरण हो। चीनले चिनियाँको स्वास्थ्यको संरक्षण गर्नका लागि महामारी नियन्त्रणको कडा नीति चलाउँदा अमेरिकाले खुला हुन चीनसमक्ष आग्रह गरिरहेको थियो र स्वतन्त्रता र मानवअधिकार नभएको झूटो निन्दा गरिरहेको थियो। तर चीनले अनुकूलन र खुकुलो नीति चलाएपछि अमेरिकाले चिनियाँ महामारी धम्कीको प्रचार गर्न थालेको छ र वास्तविकता र विज्ञानसँग विपरित प्रवेश प्रतिबन्ध नीति चलाएको छ। यति मात्र होइन, अमेरिकाले वित्तीय र प्रविधि स्रोत कब्जा गरी बजार र आर्थिक नियम विपरित गएर ट्यारिफ युद्ध, व्यापार युद्ध, वैज्ञानिक तथा प्राविधिक युद्ध, चिप्स युद्ध, नियम युद्ध चलाएर चीनको विरोध गर्न खोजेको छ। तर ती झूटा निन्दा र प्रभूत्व उपायबाट अमेरिकाको द्वन्द्वात्मक लोकतन्त्रको बेफाइदा हटाउन सकिँदैन साथै विश्वव्यापीकरणलाई नकारात्मक प्रभाव पारिनेछ।

 

हाल विश्वलाई ठूला मुलुकहरूले एक अर्का बीच खुला तथा उदार भएर अन्तर्राष्ट्रिय सकारात्मक अन्तरक्रिया बढाउनुका साथै विश्व प्रशासनलाई बढाउन जिम्मा लिनु पर्दछ। विश्वको सबैभन्दा ठूलो आर्थिक समूहको रूपमा रहेको अमेरिकाले पहिला उदाहरण देखाउनुपर्छ।