चालू वर्षको चीनको अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय विज्ञहरुको आशावादी धारणा
2023-01-18 15:27:20cri
Share with:

डाभोस विश्व आर्थिक मञ्च २०२३ वार्षिक बैठकमा सहभागीहरूले यस वर्ष चीनको आर्थिक अवस्थाको प्रशंसा गर्दै चीनले विश्व आर्थिक वृद्धिलाई प्रोत्साहन दिने बताएका छन्।

विश्व आर्थिक मञ्चका कार्यकारी निर्देशक गिगिरी याओ गिल्सले पत्रकार सम्मेलनमा चीन र विश्वका अन्य क्षेत्रबीचको व्यापार निकै बलियो रहेको तथा विश्वका विभिन्न मुलुकहरुले चीनको महामारी रोकथामको समायोजनबाट ल्याइने सकारात्मक प्रभावप्रति अपेक्षा लिएको व्यक्त गर्नुभएको छ।

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन माइकल रुडको विचारमा चिनियाँ अर्थतन्त्रले सन् २०२३ मा स्थिर वृद्धि हासिल गर्ने छ, जुन चीनको लागि राम्रो छ। साथै अष्ट्रेलियाका पूर्व प्रधानमन्त्रीले आजको विश्व आर्थिक वृद्धिले चुनौतीहरूको सामना गरिरहेको बताउँदै युरोपले आर्थिक मन्दीको सामना गरिरहेको औँल्याए। अन्य विकासोन्मुख मुलुकका अर्थतन्त्रहरू पनि सङ्घर्षरत् रहेको भन्दै यदि चीनको अर्थतन्त्रले सन् २०२३ मा स्थिर रूपमा वृद्धि गरेमा वास्तवमा यसले यस वर्ष विश्वव्यापी वृद्धिलाई समर्थन दिने बताउनुभयो।