चीनका उपप्रधानमन्त्री सन् २०२३ डाभोस वार्षिक बैठकमा
2023-01-18 10:25:33cri
Share with:

चीनको राज्य परिषद्का उपप्रधानमन्त्री लिउ हले जनवरी १७ मा डाभोसमा आयोजित विश्व आर्थिक मञ्च २०२३ को वार्षिक बैठकमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

उपप्रधानमन्त्री लिउका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ र आगामी पाँच वर्षमा चिनियाँ शैलीको आधुनिकीकरणको विकासको लागि महान रुपरेखा सिर्जना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको भावनाअनुसार केही समयअघि सम्पन्न केन्द्रीय आर्थिक कार्य सम्मेलनले सन् २०२३ को आर्थिक कार्यका लागि समाजवादी बजारको दिशामा विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदैजान आग्रह गरेको छ। कडा प्रयासपछि चीनको अर्थतन्त्रले यस वर्ष समग्र सुधार हासिल गर्ने छ र वृद्धि दर सामान्य स्तरमा पुग्ने उच्च सम्भावना छ।

 यस वार्षिक बैठकको विषय "विभाजित विश्वमा सहयोग सुदृढीकरण" रहेको छ। यस बैठकको अवसरमा उपप्रधानमन्त्री लिउ हले सम्बन्धित देशका राजनीतिक व्यक्तित्व, विद्वान र उद्यमीहरूसँग भेटघाट र आदानप्रदान गर्नुभएको छ।