चिनियाँ कृषि ग्रामिण मन्त्रालयः सन् २०२२ मा चीनको अन्न रोपण क्षेत्रफल ११ करोड ८० लाख हेक्टर पुगेको
2023-01-18 15:27:35cri
Share with:

जनवरी १८ तारिख चिनियाँ राष्ट्रिय समाचार कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ कृषि ग्रामिण मन्त्रालय अन्तर्गत विकास योजना विभागका प्रमुख चङ यान द तथा चीनको राष्ट्रिय ग्रामिण पुनरूत्थान व्यूरोका जिम्मेवार व्यक्तिले सन् २०२२ मा चीनको कृषि तथा ग्रामिण क्षेत्रको आर्थिक अवस्थाबारे जानकारी दिनुभएको छ।

गत वर्ष चीनमा प्रचुर मात्रामा अन्न बाली भित्र्याइएर अन्न आपूर्ति स्थिर रहेको छ। सन् २०२२ मा चीनमा अन्न रोपेको क्षेत्रफल ११ करोड ८० लाख हेक्टर पुगेको छ। यो सन् २०२१ को तुलनामा ७ लाख हेक्टरले वृद्धि भएको छ। अन्न उत्पादन मात्रा लगातार ८ वर्षदेखि ६५ अर्ब किलोग्रामभन्दा माथि रहेको छ। यसका साथै कृषि उत्पादनमा प्राविधिक उपकरणको प्रयोगबाट आधुनिक कृषिको विकास गर्दै आएको छ। कृषि उत्पादनको तरिकामा पनि सुधार ल्याउँदै हरित कृषितर्फ अघि बढिरहेको छ। ग्रामिण क्षेत्रको जीवनस्तरमा सुधार भएपछि किसानको आम्दानी बढाउने तरिकालाई पनि विस्तृत पारिएको छ।