जीवित चीन•लोङ छिङ स्या
2023-01-18 17:27:11CRI
Share with:

बरफ बत्ति उत्तरी चीनको हिउँद ऋतुमा देखिने एक किसिमको विशेष कला हो। हिउँदमा पैचिङ शहरको यान छिङ जिल्लामा रहेको लोङ छिङ स्याको मौसम चिसो तथा सुक्खा हुन्छ, जुन बरफ बत्ति बनाउन तथा त्यसको प्रदर्शनका लागि उपयोगी हुन्छ। सन् २०२३ पैचिङको लोङ छिङ स्या बरफ तथा हिम महोत्सव वसन्त चाडको अवधिमा संचालनमा आउने भएको छ। चीनका विभिन्न ठाउँका पर्यटकहरुले यस पारदर्शी बरफ एवम् हिउँ संसारमा भेला भएर खुसीयाली तथा मंगलमय वसन्त चाडको अनुभव गर्ने छन्।