राष्ट्राध्यक्ष सीद्वारा भिडियोमार्फत् सामाजिक कल्याणकारी प्रतिष्ठानका बुढाबुढीको हेरचाह
2023-01-18 20:05:05CRI
Share with:

चीनको वसन्त चाड नजिकिँदै आएको सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले भिडियोमार्फत् आधारभूत निकायका कर्मचारीहरुको हेरचाह गर्दै चीनका विभिन्न जातिका जनतालाई वसन्त चाडको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

 

फु च्यान प्रान्तको फु चौ शहरको सामाजिक कल्याणकारी प्रतिष्ठानका वृद्ध-वृद्धाहरु र चिकित्सकहरुले राष्ट्राध्यक्ष सीलाई अभिवादन गरेका छन् भने उहाँले उनीहरुलाई नव वर्षको शुभकामना व्यक्त गर्नुभयो।