विश्वको पहिलो सी - ९१९ यात्रुवाहक विमानको चिनानमा परीक्षण उडान
2023-01-19 17:46:32cri
Share with:

चाइना इस्टन एयरलाइन्सको पहिलो सी - ९१९ यात्रुवाहक विमानले आज जनवरी १९ तारिख बिहान ८ बजेर ५० मिनेट जाँदा स्थिरताका साथ चिनान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। जसबाट सी - ९१९ विमानको १०० घण्टासम्मको परीक्षण उडानमा अर्को नयाँ गन्तव्य स्थल थपिएको छ।

 

सन् २०२२ को डिसेम्बर ९ तारिख चाइना इस्टर्न एयरलाइन्सले सी - ९१९ विमानको पहिलो ग्राहकको रुपमा विश्वको पहिलो सी - ९१९ विमान खरिद गरेको थियो। सन् २०२२ को डिसेम्बर २६ तारिखदेखि सो विमानले १०० घण्टासम्मको परीक्षण उडान थालेको हो।