सन् २०२२ मा चीनमा उपभोग्य वस्तुको कूल बिक्री मात्रा ४४० खर्ब चिनियाँ युआन -चिनियाँ वाणिज्य मन्त्रालय
2023-01-19 18:39:27cri
Share with:

 

चिनियाँ वाणिज्य उप-मन्त्री शङ छ्यौ फिङले जनवरी १९ तारिख राज्य परिषदको प्रेस कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै सन् २०२२ मा चीनमा उपभोग्य वस्तुको कूल बिक्री मात्रा ४४० खर्ब चिनियाँ युआन नाघेको जानकारी दिनुभएको छ।

 

शङ छ्यौ फिङका अनुसार,सन् २०२२ मा चीनमा मोटर गाडीको विक्री संख्या २ करोड ६८ लाख ६० हजार पुगेको छ, जुन सन् २०२१ को तुलनामा २.१ प्रतिशतले बढेको छ।

 

इलेक्ट्रिक गाडीको विक्री मात्रा ६८ लाख ९० हजार वटा पुगेको छ, जुन सन् २०२१ को तुलनामा करिब एक गुणाले बढी हो। चीनले हरित तथा बुद्धिमान घरेलु इलेक्टोनिक उपकरणको खपतका लागि सुविधाजनक कदम चालेको छ। इ- व्यापार पसलमा ग्रामीण क्षेत्रको घरेलु इलेक्टोनिक उपकरणको विक्री मात्रा सन् २०२१ को तुलनामा ३.४ प्रतिशतले बढेको छ।