फेब्रुअरी ११ देखि काठमाडौँ–बेइजिङ सिधा उडान हप्तामा एकपटक नियमित हुने
2023-01-19 16:15:20cri
Share with:

झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो ।

 

चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन। अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ । माघ २८ गतेदेखि हरेक शनिबार काठमाडौँ–बेइजिङ उडान गर्ने तयारी रहेको एयरलाइन्सले जनाएको छ । चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालको राजधानीबीच सिधा उडान पुनः सुचारु भएको छ ।   

 

गोरखापत्र अनलाइनका अनुसार यसअघि हिमालय एयरलाइन्सले गत मङ्गलबार तीन वर्षपछि पहिलो पटक काडमाडौँ–बेइजिङ उडान गरेको थियो।