खरायो वर्षमा खरायोबारे चर्चा
2023-01-19 18:41:12cri
Share with:

चिनियाँ परम्परागत पात्रो अनुसार खरायो वर्ष आउनै लागेको छ। चीनको परम्परागत संस्कृतिमा खरायो एक किसिमको भाग्यमाणी जनावर भएकाले त्यसले सौभाग्य सम्बन्धी विविध अर्थ पनि बोकेको छ। लोक क्षेत्रमा खरायोसँग सम्बन्धित रहेका अधिकांश रोचक किम्बदन्तीहरू पनि प्रचलित छन्। खरायो वर्ष आउन लागेको परिप्रेक्ष्यमा खरायोका चिटिक्क फोटोका साथ खरायो वर्ष अर्थात् वसन्त चाडको न्यानो अभिवादन पनि तपाईंसमक्ष अर्पण गर्दछौं।