तिब्बतको लिन्चीमा हिमपहिरोपछि उद्धार जारी
2023-01-19 15:00:47CRI
Share with:

जनवरी १७ तारिख तिब्बतको लिन्चीको मिलिन जिल्लाको पाइ टाउन र मोथो जिल्लाला जोड्ने पाइ-मो राजमार्गमा हिमपहिरो गएको छ जसबाट ८ जनाले ज्यान गुमाएका छन्। साथै बाटो पनि अवरूद्ध भएको छ। हाल उद्धारकर्ताहरूले तत्स्थानमा उद्धार कार्य जारी राखेका छन्।

 

पतकालीन उद्धार मुख्यालयबाट प्राप्त जानकारी अनुसार, जनवरी १७ तारिख बेलुकी ७ बजेर ५० मिनेट जाँदा मोथो जिल्लाको सार्वजनिक सुरक्षा ब्यूरोले सर्वसाधारणबाट सो बारे जानकारी प्राप्त गरेको थियो। त्यस लगत्तै तिब्बत स्वायत्त प्रदेश पतकालीन व्यवस्थापन विभाग, दमकल, वन रक्षा, यातायात र ढुवानी विभाग लगायत सम्बद्ध विभागले तत्स्थानमा पुगेर उद्धार कार्य थालेका हुन्।

 

उद्धार टोलीले समुद्र सतहबाट उच्च भूभागमा भएको हिमपात र अवरूद्ध बाटोको कठिनाला जितेर उद्धार र खोजी कार्यला तीव्र रूपमा अघि बढाइरहेको छ।