नयाँ युगमा चीनको हरित विकास शीर्षक श्वेतपत्र जारी
2023-01-19 14:54:07CRI
Share with:

जनवरी १९ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले नयाँ युगमा चीनको हरित विकास शीर्षकको श्वेतपत्र जारी गरेको छ।

 

प्राप्त जानकारी अनुसार, श्वेतपत्रले १० वर्षयता चीनको हरित विकासको कदम र उपलब्धिबारे चीनको हरित विकासको केन्द्रिय विचार र अभ्यास अनुभवबारे जानकारी दिएको छ।

 

श्वेतपत्रका अनुसार, नयाँ युगमा चीनको हरित विकासको केन्द्रिय विचारमा जनता केन्द्रित विकास विचारमा अडिग रहने, चीन राष्ट्रको दीगो विकासमा ध्यान दिने, प्रणाली अवधारणामा अडिग रही समन्वित उन्नति गर्ने, विश्वको दीगो विकासको संयुक्त रूपमा प्रयास गर्ने विषय रहेका छन्। हरित विकासको अभ्यास र उपलब्धिबारे चर्चा गर्दै श्वेतपत्रले परिस्थिति स्थीर रूपमा सुधार भएको, र्थिक विकासको गुणस्तर र हरित स्तर धेरै  बढेको, हरित उत्पादन शैलीला प्रोत्साहन गरेको, हरित जीवन शैलीको प्रचार गरेको, हरित विकासको संस्थागत संयन्त्रको सुधार गरेको उल्लेख गरेको छ।

श्वेतपत्रले पृथ्वी समस्त मनवजातिको एक मात्र परिवार भएको र सुन्दर परिवारको निर्माण गर्नु नै मानवजातिको साझा सपना भएको भन्दै चीनले विश्व जलवायु वार्ता प्रकृयामा रचनात्मक रूपमा संलग्न भएर विश्वको दीगो विकासला संयुक्त रूपमा बढाउने व्यक्त गरेको छ।