राष्ट्राध्यक्ष सी चिनफिङद्वारा वसन्त चाड समारोहलाई सम्बोधन
2023-01-20 19:53:20cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले २० तारिख बिहान जन बृहद सभा भवनमा सन् २०२३ वसन्त चाड समारोहको आयोजना गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट देशभरका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवान देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई वसन्त चाडको शुभकामना दिनुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले बित्न लागेको बाघ वर्ष चिनियाँ पार्टी र देशको विकास इतिहासमा रहेको निकै महत्वपूर्ण वर्ष हो भन्दै निकै जटिल अन्तर्राष्ट्रिय वातावरण र देशभित्र रहेका कठिन सुधार विकास र स्थिर कार्यभारको सामना गर्दा समस्त पार्टी, सेना र विभिन्न जातिका जनताहरूले एकताबद्ध भएर कठिनाईलाई जिती दृढताका साथ समाजवादी आधुनिकीकरण निर्माणको नयाँ अध्याय उघारेको कुरामा जोड दिनुभएको छ।