महामारी नियन्त्रणको ३ वर्षयता चीनले विश्वलाई के गरेको छ?
2023-01-20 10:35:50CRI
Share with:

चिनियाँ राष्ट्रिय स्वास्थ्य योगका अनुसार, चीनका विभिन्न प्रान्तका ज्वरो क्लिनिक, पतकालीन क्लिनिक तथा अस्पतालमा अहिले बिरामीको चाप छैन। साथै अस्पतालमा भर्ना भएका गम्भीर बिरामीको पनि उपचार भइसकेको छ। योसँगै सर्वसाधारण चिनियाँले वसन्त चाड रमाइलो गर्दै मनाउने अवसर पाएका छन्। यी कुराहरूला ध्यान दिँदा चीनको वैज्ञानिक तथा सटीक महामारी नियन्त्रणबाट फाइदा भएको छ साथै कोरोना महामारी नियन्त्रणमा चीनको स्पष्ट उपलब्धि पनि देखिएको छ।

 

३ वर्षयता चीन सरकारले सक्दो रूपमा हरेक चिनियाँको स्वास्थ्य र जीवन सुरक्षाको संरक्षण गर्दैएको छ। १ अर्ब ४० करोड जनसंख्या बोकेको ठूलो मुलुकको रूपमा चीनका लागि यो नै विश्व महामारी नियन्त्रण गर्ने सक्रिय योगदान हो। साथै ३ वर्षयता चीनले अन्तर्राष्ट्रिय समूहसँग खुला तथा पारदर्शी रूपमा महामरी सूची साझा गरी महामारी नियन्त्रण, खोप र परीक्षण तथा अनुसन्धान गर्न वैज्ञानिक डाटा प्रदान गरेको छ।

 

हाल चीनले १५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनला २ अर्ब २० करोड डोजभन्दा बढी खोप प्रदान गरेको छ भने १५३ वटा मुलुक र १५ वटा अन्तर्राष्ट्रिय संगठनला खर्बभन्दा बढी महामारी नियन्त्रण सामग्री प्रदान गरेको छ साथै ३४ वटा मुलुकतर्फ ३८ वटा महामारी रोकथाम चिकित्सा विशेषज्ञ दल खटाएको छ। यो नै चीनले विश्व महामारी नियन्त्रण सहयोग र मानव स्वास्थ्य समुदायको रचना गर्न बढाएको वास्तविक गतिविधि हो।

 

र्थिक हिसाबले हेर्दा ३ वर्षयता चीन महामारी नियन्त्रण तथा र्थिक-सामाजिक विकासला सटीक तथा उच्च प्रभावकारी रूपमा बढाउने बाटो हिँडेको छ भने विश्व र्थिक पुनःउत्थानको अग्रस्थानमा रहेको छ। ३ वर्षयता महामारी, एकपक्षीयवाद, संरक्षणवाद बढेसँगै चीनले सक्रिय रूपमा खुला भएर विश्व औद्योगिक श्रृंखला पूर्तिको स्थिरताला बलियो रूपमा संरक्षण गरेको छ।

 

३ वर्षयता चीनले विश्वला महामारी नियन्त्रण गर्न गरेको योगदान सबैले स्पष्ट रूपमा हेर्नसक्छ। कुनै पश्चिमी राजनीतिज्ञ र मिडियाले जतिसुकै चीनमाथि झूटा रोप र निन्दा गरे पनि उक्त तथ्यला मेटाउनसक्दैन। हाल विश्वमा महामारी रोकेको छैन, विभिन्न मुलुकले संयुक्त रूपमा प्रयास गरेर मात्र चाँडै यो धुवाँबाट निस्कन सकिन्छ। पुनःउत्थान भइरहेको चीनले विश्व एकताबद्ध भएर महामारी नियन्त्रण गर्न र विश्वको र्थिक पुनःउत्थान गर्न चिनियाँ योगदान गर्नेछ।