सम्पन्न र विपन्न क्षेत्र एउटै परिवारका सदस्य
2023-01-20 20:05:17CRI
Share with:

उत्तर पश्चिमी चीनको ह लान पहाडको फेदमा गरिबी निवारण सम्बन्धी सहयोगको एउटा नमूना गाउँ——मिङ निङ गाउँ अवस्थित छ। “मिन”भनेको दक्षिण पूर्वी चीनको फु च्यान प्रान्तको छोटकरी नाम हो भने “निङ”भनेको निङ स्या ह्वै जातीय स्वायत्त प्रदेशको छोटकरी नाम हो। यी दुई ठाउँ बीचको दूरी २ हजार किलोमिटर भन्दा बढी छ।

 

चीनका व्यापक पश्चिमी भाग चीनको पूर्वी भागको तुलनामा पिछडिएका छन्। पूर्वी र पश्चिमी भागको गरिबी निवारण सम्बन्धी सहयोग गर्दै सम्पन्न क्षेत्रले विपन्न क्षेत्रलाई लक्षित गरी सहायता पुर्‍याउनु चीनले पश्चिमी भागको आर्थिक विकासलाई अघि बढाउने एउटा महत्वपूर्ण तरिका हो। सन् १९९७ को अप्रिल महिनामा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत फु च्यान समितिका तत्कालीन उप-सचिव सी चिन फिङले निङ स्याको दक्षिणी भागमा रहेको पहाडी क्षेत्रको निरीक्षण गर्दै “मिन”र “निङ”बीचको सहयोगात्मक सम्बन्धको स्थापना गर्नुभयो। विगत २० वर्षभन्दा लामो समयदेखि धेरै कर्मचारीहरुले फु च्यानबाट निङ स्या आएर गरिबी निवारण कार्यमा भाग लिएर पूर्वी भाग र पश्चिमी भागको बीचको गरिबी निवारण सहयोगमा भाग लिँदै आएका छन्।

 

चीनमा सम्पन्न क्षेत्रले विपन्न क्षेत्रलाई सहयोग गरी हातमा हात मिलाएर साझा समृद्धि हासिल गर्ने यस्ता कथाहरु धेरै छन्।