कस्तै जाडोले पनि छेक्न सक्दैन, घर फर्किनेहरूको पाइला
2023-01-20 20:04:36CRI
Share with:

जनवरी २० तारिख चीनको परम्परागत २४ सौर्य अवधिको अन्तिम एक——ता हान् अर्थात् तीव्र जाडो सौर्य अवधि हो। यी दिनमा मौसम ज्यादै जाडो हुन्छ र धेरै ठाउँहरू बरफ र हिउँले ढाकिन्छन्। तथापि ज्यादै जाडोले पनि चिनियाँहरुको घर फर्किने उत्साहलाई रोक्न सक्दैन। भोलि जनवरी २१ तारिख चिनियाँहरुले सबैभन्दा बढी महत्व दिने वसन्त चाडको पूर्वासन्ध्याको उपलक्ष्यमा चिनियाँहरुको परिवारका सदस्यहरु भेला भएर रमाइलोसँग बेलुकाको खाना खाने चलन छ।

 

भोलिको भेला खानाका लागि बाहिर काम गर्ने अथवा पढ्ने चिनियाँहरु पूर्वसन्ध्याअघि घर फर्किन्छन्। धेरै चिनियाँहरु यस अवधिमा एक ठाउँबाट अर्को ठाउँसम्म सर्ने क्रमलाई “छुन युन अर्थात बसन्त चाडको यात्रा”भनिन्छ। पैचिङको सबैभन्दा महत्वपूर्ण यातायात सञ्जाल पैचिङ पश्चिमी रेलमार्ग स्टेशनमा भेला भएर रेल छिटै प्रस्थान गर्ने रेडियो प्रसारण निरन्तर रुपमा भइरहेको छ। रेल प्रतीक्षालयमा यात्रुहरूको भीड छ। मास्क लगाउने चिनियाँहरुको अनुहारमा घर फर्किने खुसी देखिन्छ।

 

सन् २०२३ मा चीनको वसन्त चाडको यात्रा जनवरी ७ तारिखदेखि फेब्रअरी १५ तारिखसम्म हुने छ।