चाइना मिडिया ग्रुपको “वसन्त चाडको सांगितिक गाला”द्वारा विश्वका चिनियाँहरुलाई “सांस्कृतिक भोज”
2023-01-21 20:12:56cri
Share with:

आज जनवरी २१ तारिख चीनको परम्परागत पात्रो अनुसार नव वर्षको पूर्वासन्ध्याको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले वार्षिक “वसन्त चाडको सांगितिक गाला”को आयोजना गर्दै विश्वका चिनियाँहरुलाई “सांस्कृतिक खुराक” प्रदान गरेको छ।

 

सन् २०२३ को “वसन्त चाडको सांगितिक गाला”ले चीनको उत्कृष्ट परम्परागत संस्कृति, वास्तविक जीवन र विश्वका विविध सभ्यताबाट तत्व झिकेर आधुनिक कलात्मक तरिका तथा ध्वनी, चित्र, प्रकाश र भिडियो लगायत नयाँ प्रविधिको उपयोग गरेको छ।

 

“वसन्त चाडको सांगितिक गाला”को आयोजना सन् १९८३ देखि शुरु भएको हो। विगत ४० वर्षमा त्यसको निरन्तरता हुँदै आएको छ। नव वर्षको पूर्वासन्ध्यामा “वसन्त चाडको सांगितिक गाला” हेर्नु च्याउ च पकाउनु जस्तै चिनियाँहरु नव वर्ष मनाउने महत्वपूर्ण प्रचलन बनेको छ। “वसन्त चाडको सांगितिक गाला”का कार्यक्रमहरुको विषय, प्रदर्शन गर्ने तरिका र त्यसमा रहेको उच्च प्रविधिले चीनका मनोरञ्जन टेलिभिजन कार्यक्रमहरुको सर्वोच्च स्तरको प्रतिनिधित्व गर्छन्।

विश्वका १७० भन्दा बढी मुलुक र क्षेत्रका ७०० भन्दा बढी सञ्चार माध्यमहरुले चालू वर्षको “वसन्त चाडको सांगितिक गाला”बारे प्रत्यक्ष प्रसारण गर्ने अथवा रिपोर्ट गरेका छन्।