चीनद्वारा विश्वलाई राम्रो खबर: संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीको भनाइ
2023-01-21 19:21:52cri
Share with:

विश्व अर्थतन्त्र मञ्च सन् २०२३ को वार्षिक सम्मेलन अवधिमा संयुक्त राष्ट्र संघ अन्तर्गत व्यापार तथा विकास सम्मेलनका महासचिव रेबेका ग्रीन्स्पानले चीनको विकास र खुलापनले विश्वलाई राम्रो खबर ल्याएको कुरा बताउनुभएको छ।

 

महासचिव ग्रीन्स्पानका अनुसार, व्यापारिक रुपमा अलग हुनु समस्त विश्व विकासका लागि हितकर छैन। चीन र अमेरिका दुवै देश सँगै मिलेर विश्व आर्थिक प्रणालीको एउटा संयुक्त अंग बनेको कुरा विश्वका लागि ज्यादै आवश्यक हो। साथै त्यो कुरा विकासोन्मुख मुलुकका लागि पनि निकै महत्वपूर्ण रहेको छ। चीनको बेल्ट एण्ड रोड प्रस्तावबाट विकासोन्मुख मुलुकको उत्पादन शक्तिलाई उकास्नुका साथै विकासोन्मुख मुलुकको औद्योगिकीकरण र उत्पादन बनौट विविधताको विकासका लागि सघाउ पुग्ने कुरामा उहाँले जोड दिनुभएको छ।