वसन्त चाड गाला विश्वभरका चिनियाँसमक्ष देखाइने “पूर्वसन्ध्याको सांस्कृतिक भोज”
2023-01-21 20:12:10cri
Share with:

 

जनवरी २१ तारिख चिनियाँ पात्रो अनुसार वसन्त चाडको पूर्वसन्ध्या हो। बेलुकी ८ बजेतिर चाइना मिडिया ग्रुपले निर्माण गरेको वसन्त चाडको सांगितिक गालाले भब्यताका साथ शुरू गर्दै विश्वभरका चिनियाँहरूसमक्ष रमाइलो पूर्वसन्ध्याको सांस्कृतिक भोज टक्र्याएको छ।

 

त्यति बेला करोडौंभन्दा बढी दर्शकहरूले टेलिभिजन अगाडि बसेर अथवा मोबाइल चौतारोमार्फत त्यस मनोरञ्जनात्मक सांस्कृतिक गालाको प्रत्यक्ष प्रसारणको अवलोकन गर्दछन्। बितेका ४० वर्षयता अर्थात् सन् १९८३ देखि त्यस गालालाई चिनियाँ पात्रो अनुसार हरेक नयाँ वर्षको पूर्वसन्ध्या बेलुकी ठ्याकै ८ बजेको समयमै देखाउने गरिएको छ। त्यो नै चाइना मिडिया ग्रुपले निर्माण गरेको वसन्त चाडको सांगितिक गाला रहेको छ।

 

सन् २०२३ को वसन्त चाड गालाले विचार जोड कला जोड प्रविधि भन्ने विचारधारालाई कायम राख्दै चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिबाट, वास्तविक जीवनबाट र विश्वका विभिन्न मुलुकका रङगीचङगी सभ्यताबाट विविध तत्वको सङकलन गर्नुका साथै आधुनिक कलात्मक तरिका र अग्र सिर्जनशील प्रविधिमार्फत नाचगान, वाद्य वादन, नाटक र उशु लगायत धेरै किसिमका कार्यक्रम बनाउने छ।

 

वसन्त चाड गालामा देखाइने उच्चस्तरीय कार्यक्रमहरू क्रमश: करोडौं चिनियाँहरूको वसन्त चाड सम्बन्धी स्मृत्ति बनेको देखिन्छ।