चिनियाँ परराष्ट्र मन्त्री छिन् काङ्द्वारा नेपालकी नव नियुक्त परराष्ट्र मन्त्री बिमला राई पौड्याललाई बधाई सन्देश
2023-01-21 19:20:34cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्री छिन् काङ्ले जनवरी १९ तारिख नेपालकी नव नियुक्त परराष्ट्र मन्त्री बिमला राई पौड्याललाई बधाई सन्देश पठाउनुभएको छ।

 

छिन् काङ्ले चीन र नेपाल पहाड तथा नदीले जोडिएका मैत्रीपूर्ण असल छिमेकी मुलुक हुन् भन्दै सन् १९५५ मा दौत्य सम्बन्धको स्थापना यता चीन-नेपाल सम्बन्ध स्वस्थ तथा स्थिर रुपमा रहेको बताउनुभयो। यसले मुलुकहरु बीच शान्तिपूर्ण सह-अस्तित्व भएर आपसी मैत्री तथा सहायताका क्षेत्रमा आदर्श स्थापना गरेको पनि उहाँले उल्लेख गर्नुभयो। सन् २०१९ मा दुई मुलुकका राष्ट्रनायकले द्वीपक्षीय सम्बन्धलाई विकास र समृद्धि उन्मुख युगौं युग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा उकासेको पनि स्मरण गर्नुभयो।

 

परराष्ट्र मन्त्री पौड्यालसँगै मिलेर दुई मुलुकका नेताबीच सम्पन्न महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतार्न चीन-नेपाल सम्बन्धको विकासका लागि नयाँ योगदान पुर्‍याउन कोसिस गर्न आफू इच्छुक रहेको कुरा पनि उहाँले औंल्याउनुभयो।