अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजसँगको विशेष अन्तर्वार्ता
2023-01-21 18:21:15CRI
Share with:

उहाँ फुटबललाई मन पराउने मुलुकका नेता हुनुहुन्छ। भर्खरै उहाँको मुलुकको राष्ट्रिय टोलीले विश्व कपको च्याम्पियनसिप जितेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास प्रदर्शन हलको अवलोकन गर्नुभएको पहिलो विदेशी राष्ट्रनायक पनि उहाँ हुनुहुन्छ। चीनका इतिहास र संस्कृतिबाट उहाँ आश्चर्यचकित हुनुहुन्छ।चीनले अफ्ठ्यारो अवस्थामा प्रदान गरेको सहायताप्रति उहाँले धन्यवाद ज्ञापन गर्दै दुई मुलुक बीचको सहयोगमा विशाल निहित शक्ति रहेको धारणा राख्नुभयो। अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजसँगको विशेष अन्तर्वार्ता हेर्नुहोस्।