विविध मुलुकमा खरायो वर्ष मनाउने कार्यक्रमको आयोजना
2023-01-22 16:41:28cri
Share with:

 

चिनियाँ पात्रो अनुसार खरायो वर्ष आउनुका साथै विश्वका विभिन्न मुलुकमा वसन्त चाड मनाउने रङ्गीचङ्गी गतिविधिहरूको आयोजना गरिएको छ।

 

पानामाको राजधानी पानामा शहरमा परम्परागत सिंह नाचको अभिनयबाट पानामाभरि नै वसन्त चाड मनाउने गतिविधिको आरम्भ गरिएको छ। त्यस अवसरमा पानामाका पदाधिकारीले चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना पनि दिएका छन्।

 

तान्जानियाको चिनियाँ सांस्कृतिक केन्द्रले दारेसालाममा अफ्रिकातर्फ नजर पुर्याऔं, तान्जानियामा वसन्त चाड मनाऔ! शीर्षकमा वसन्त चाडको सांगितिक गालाको आयोजना गरेको छ।

 

जर्मनीको हेन्वर्गमा जर्मनी उत्तरी भागका सरकारी पदाधिकारी, विविध क्षेत्रका शुभेच्छुक प्रतिनिधि, चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूले भेला भई एकआपतमा वसन्त चाडको हार्दिक शुभकामना आदानप्रदान गरेका छन्।