शनचौ १५ नम्बरको अन्तरिक्षयात्रु समूहद्वारा वसन्त चाडको शुभकामना
2023-01-22 16:48:19cri
Share with:

 

जनवरी २१ तारिख चिनियाँ वसन्त चाडको पूर्वसन्ध्या हो। पृथ्वीबाट ४ सय किलोमिटर टाढा रहेको चिनियाँ अन्तरिक्ष स्टेशनमा पनि वसन्त चाडको खुसीयाली र मङ्गलमय वातावरण भरिपूर्ण देखिन्छ।

 

त्यति बेला शनचौ १५ नम्बरको अन्तरिक्ष यात्रु समूहका अन्तरिक्ष यात्री फै च्युन लोङ, तङ छिङ मिङ र चाङ लुले सबै चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना दिएका छन्।

 

पूर्वसन्ध्यानमा उनीहरूले अन्तरिक्ष स्टेशनमा चाइना मिडिया ग्रुपको सांगितिक गालाको अवलोकन गरेका छन्। आकाश र भूमि दुवैमा वसन्त चाड मनाइएको छ।