सीएमजीको सन् २०२३ वसन्त चाड गाला अवलोकनकर्ताको मात्रा ११ अर्ब
2023-01-22 18:24:28cri
Share with:

चाइना मिडिया ग्रुपको सन् २०२३ वसन्त चाडको सांगितिकि गालाले न्यानो भावना बोकेका उच्च गुणस्तरीय कार्यक्रमहरू, आश्चर्य लाग्दा सिर्जनशील प्रविधि र कार्यक्रम प्रदर्शनको निकै रमणीय चौतारोमार्फत् विश्वका सबै चिनियाँहरूसमक्ष विशाल सांस्कृतिक भोज टक्रयाएको छ।

 

जनवरी २२ तारिख सबेरै २ बजेसम्ममा चाइना मिडिया ग्रुपको वसन्त चाड गाला अवलोकन गर्ने दर्शकको मात्रा ११ अर्ब पुगेको छ। तीमध्ये १५ देखि ४४ वर्षको उमेरसम्मका युवा दर्शकको अनुपातले ५०.५१ प्रतिशत ओगटेको छ। नयाँ मिडियाको प्रत्यक्ष प्रसारणको परिधि र विदेशमा रिले प्रसारण मात्रा दुवैले नै इतिहासको नयाँ कीर्तिमान सिर्जना गरेका छन्।

 

यसका अतिरिक्त अमेरिका, क्यानडा, फ्रान्स, रूस, जापान, दक्षिण अफ्रिका र केन्या आदि १७३ मुलुक र क्षेत्रका १ हजारभन्दा बढी मिडिया संस्थाले उक्त सांगितिक गालाको प्रत्यक्ष प्रसारण र रिपोर्टिङ गरेका छन्।