शानदार वसन्त चाडका गतिविधिहरू
2023-01-22 18:33:10cri
Share with:

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड मनाउन विभिन्न देशहरूमा विविध कार्यक्रमको आयोजना गरिएको छ। यसबाट धेरै स्थानीय वासिन्दाहरूलाई आकर्षित गरिएको छ।   

 

स्थानीय समय अनुसार जनवरी २१ तारिख न्युजिल्यान्डस्थित अकल्यान्ड शहरका चिनियाँहरूले नयाँ वर्षको साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। अचम्मलाग्दो परम्परागत लोकगीत र साँस्कृतिक प्रस्तुतीका साथै सयौं खाद्यान्न तथा नयाँ वर्षका सामान स्टलले हजारौं स्थानीय वासिन्दाहरूलाई आकर्षित गरेको छ।

 

 

जापानको टोकियोको उएनो नामक आर्थिक क्षेत्रमा जनवरी २० तारिखदेखि तीन दिने पाण्डा शीर्षकको महोत्सव मेलाको आयोजना गरिएको थियो। मन्दिर मेलाको उद्घाटन समारोहमा लगभग १० हजार पर्यटक आकर्षित भए र धेरै जीवन्त देखिन्थ्यो।