चाइना मिडिया ग्रुपको बसन्त चाड महोत्सव गालाको प्रचार भिडियो ल्याटिन अमेरिकाका
2023-01-23 17:23:27cri
Share with:

विदेशमा चिनियाँ परम्परागत संस्कृतिको व्यापक विस्तारसँगै चीनबाट करिब २० हजार किलोमिटर टाढा रहेको ल्याटिन अमेरिका पनि वसन्त पर्वको उत्सवमय वातावरणमा रमेको छ। जनवरी १५ देखि ब्राजिल र अर्जेन्टिनाका धेरै स्थलमा चाइना मिडिया ग्रुपको बसन्त चाड महोत्सव गालाको प्रचार भिडियो ल्याटिन अमेरिकी जनतालाई लाइट शो, मन्दिर महोत्सव आदि तरिकामार्फत देखाइएको छ। जसले उनीहरूलाई चिनियाँ नयाँ वर्षको जीवन्त र रमाइलो वातावरण प्रदान गरेको छ।

स्थानीय समयानुसार जनवरी १५ तारिख चिनियाँ नयाँ वर्षलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सको पोर्टो मादेरोमा "नयाँ वर्ष २०२३ ड्र्यागन बोट रेस" सुरु भयो। ड्र्यागन बोट प्रतियोगिताको ततस्थानमा वसन्त महोत्सव गालाको प्रचार भिडियो ठूलो स्क्रिनमा प्रदर्शन गरिएको थियो जसबाट रमाइलो परम्परागत चिनियाँ सांस्कृतिक तत्वहरू र उत्सवको वातावरण थपिएको छ।

स्थानीय समय अनुसार जनवरी १९ को साँझ उत्तरपूर्वी ब्राजिलको सबैभन्दा ठूलो सहर रेसिफको ल्यान्डमार्क जिरो प्वाइन्ट स्क्वायरमा हजारौं दर्शकहरूलाई आकर्षित गरी एउटा अद्भुत लाइट शो आयोजना गरियो। ब्राजिलको पर्नाम्बु राज्यको राजधानी रेसिफेले यस वर्ष पहिलो पटक चिनियाँ नयाँ वर्षलाई आधिकारिक बिदा दिएको छ। वसन्त चाड महोत्सव गालाको प्रचार भिडियोले तत्स्थानका धेरै दर्शकहरूलाई आकर्षण गरेको छ।