वसन्त चाड परिवाहनको १६ औँ दिन चीनमा १ करोड ७० लाख ५२ हजार व्यक्तिको यात्रा
2023-01-23 16:32:06cri
Share with:

चीनको राज्य परिषदको वसन्त चाड परिवाहन विभागका अनुसार, जनवरी २२ तारिख अर्थात् वसन्त चाड परिवाहनको १६ औँ दिनमा चीनमा रेलमार्ग, राजमार्ग, जलमार्ग, उड्ड्यानबाट गरी १ करोड ७० लाख ५२ हजार व्यक्तिले यात्रा गरेका छन्। यो सन् २०१९ को सोही अवधिको तुलनामा ५१.५ प्रतिशत कम हो र सन् २०२२ कोभन्दा ४९.६ प्रतिशत बढी हो।

 सो अवधिमा इक्प्रेस मार्गको कूल ट्र्याफिक मात्रा २ करोड ८८ लाख ५५ हजार पुगेको छ। ती मध्ये गाडीको ट्र्याफिक मात्रा २ करोड ८२ लाख ४ हजार पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा १.६ प्रतिशतले कम छ र सन २०२२ कोभन्दा ४१.३ प्रतिशत बढेको छ।