चिनियाँ वसन्त चाडका अवसरमा विभिन्न मुलुकमा रामाइला कार्यक्रम आयोजित
2023-01-23 16:16:18cri
Share with:

चिनियाँ वसन्त चाड मनाउँदै विभिन्न मुलुकले विभिन्न रमाइला कार्यक्रमहरु आयोजना गरी चिनियाँ जनतालाई चिनियाँ परम्परागत नयाँ वर्षको शुभकामना ज्ञापन गरेका छन्।

स्थानीय समयअनुसार, जनवरी २१ तारिख सर्बियाको राजनधानी बेलग्रेडमा चिनियाँ वसन्त चाड मनाउने कार्यक्रम आयोजना गरिएको छ। बेलग्रेडका शीर्ष उच्च निर्माण वस्तुमा चिनियाँ भाषा र सर्बिया भाषामा लेखिएको नव वर्षको शुभकामना देखिएको छ साथै आतिशबाजी प्रदर्शनले पनि धेरै स्थानीय सर्वसाधारणलाई आकर्षित गरेको छ।

सर्बियाका प्रधानमन्त्री अना बर्नाबिचले हरेक चिनियाँ नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै सन् २०२३ मा चीन अझ बलियो र समृद्ध हुने इच्छा आफूले लिएको बताउनुभयो।

जनवरी २१ तारिख नेदरल्याण्डको हेग तगर हलमा उत्सव सजावट गरिएको छ। सन् २०२३ चिनियाँ वसन्त चाड मनाउने कार्यक्रम त्यहाँ आयोजना भएकाले सजावट गरिएको हो। सो दिन चिनियाँ र नेदरल्याण्डका कलाकारले ड्रागन र सिंह नृत्य, नाचगान, चिनियाँ उशु लगायत कार्यक्रम प्रदर्शन गरी चिनियाँ पश्चिमी सँस्कृति प्रदर्शन देखाएका छन्। हेग नगरका मेयर फेन्चेनेनले चिनियाँ जनतालाई हार्दिक शुभकामना ज्ञापन गर्दै नेदरल्याण्डमा बसेका चिनियाँले आफ्नो नगरमा सामाजिक विविधता देखाएका र चिनियाँ मिठाइ, सँस्कृति र गीत आफूलाई निकै मन परेको बताउनु भयो।