बत्तीको उज्यालोमा रङ्गिएको बेइजिङको प्राचीन सडक #वसन्त चाडको रौनक #नेपालीको आँखामा चीन
2023-01-23 15:12:21CRI
Share with:

अहिले चीन वसन्त पर्वोत्सव मनाइरहेको छ। यो वसन्त चाड चिनियाँहरूको नयाँ वर्ष पनि हो। यही जनवरी २२ बाट खरायो वर्ष सुरू भएको छ। हाल, चीनमा वसन्त चाड र नयाँ वर्षको उल्लासमय वातावरण रहेको छ। कोरोना महामारी फैलिएको ३ वर्षपछि चीनले महामारी नियन्त्रण नीति खुकुलो बनाएपछि धेरै चिनियाँहरू आफ्नो जन्मथलो फर्केका छन्। यस बाहेक, बेइजिङवासीहरू बेइजिङका सडक, पार्क र विभिन्न सांस्कृतिक महत्त्व बोकेका स्थलहरूको घुमघाममा व्यस्त छन्।

यो बेइजिङको प्राचिन सडक हो। ऐतिहासिक थ्येनआनमन चोकबाट दक्षिणमा अवस्थित यो छ्येनमन सडकको भ्रमणबाट पनि बेइजिङको चालचलनबारे जानकारी लिन सकिन्छ। त्यसमाथि, अहिले वसन्त चाडको समयमा यो सडकको रौनक झन् बेग्लै हुने गर्दछ। वसन्त चाड अगावै श्रृँगारिने यो सडक लालटिन पर्वसम्म झण्डै २० दिनसम्म बत्तीमा नुहाएको हुन्छ साथै मानिस पनि सागरझैँ उर्लेको हुन्छ।

चिनियाँ वसन्त चाड, नयाँ वर्ष तथा खरायो वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै वसन्त उत्सवको यही छ्येनमन सडकको यो भिडियो तपाईँकालागि राख्न चाहेँ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/