क्यालिफोर्नियामा गोली प्रहारबाट ११ चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ महा वाणिज्यदूताबासबाट निश्चित
2023-01-24 15:51:58cri
Share with:

 

स्थानीय समयअनुसार, जनवरी २३ तारिख लस एन्जलसका लागि चिनियाँ महा वाणिज्यदूताबासले जनवरी २१ तारिख अर्थात् चिनियाँ वसन्त चाड पूर्वासन्ध्या लस एन्जलसको मोन्टेरी पार्कको चिनियाँहरुको बसोबास समुदायमा गम्भीर गोली हानाहान गतिबिधि भएको थियो जसबाट ११ जना मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।

 वाणिज्यदूताबासका प्रवक्ताले चिनियाँ वसन्त चाड भएको बेलामा चिनियाँ प्रवासी समुदायमा यति गम्भीर गोली हानाहान गतिबिधि भएबाट निकै अचम्म र दुःख लागेको भन्दै वाणिज्यदूताबासले स्थानीय चिनियाँ प्रवासी समुदायलाई शोक व्यक्त गर्नुका साथै सुरक्षा चेतना बढाउन र आफ्नो सुरक्षा प्रत्याभूति दिन समुदायका चिनियाँलाई सम्झाएको व्यक्त गर्नुभएको छ।

 गतिबिधि भएपछि वाणिज्यदूताबासले स्थानीय प्रहरी र सम्बद्ध विभागसँग घनिष्ठ सम्पर्क गरी जाँचबुझ स्थिति र चिनियाँ नागरिकको अवस्थाबारे बुझ्ने काम जारी राखेको छ। उक्त गतिबिधिबाट चिनियाँ नागरिकको मृत्यु भएको निश्चित गरिएको छ।