इरानको विदेश मन्त्रालयद्वारा युरोपेली संघ र बेलायतद्वारा इरान विरुद्ध नयाँ चरणको प्रतिबन्धको कडा निन्दा
2023-01-24 15:41:22cri
Share with:

स्थानीय समय अनुसार जनवरी २४ तारिख इरानी विदेश मन्त्रालयका प्रवक्ता कनानीले एक वक्तव्य जारी गर्दै इरानमाथि युरोपेली संघ र बेलायतले हालै लगाएको नयाँ प्रतिबन्धको कडा निन्दा गर्नुभएको छ। उहाँका अनुसार यी कार्यहरूबाट पश्चिमी पक्षहरुले इरानलाई राम्ररी बुझ्न नसकेको र ती पश्चिमीहरुले इरानमाथि लिएको नीति विफल भएकोमा निराशा र क्रोध लिएको प्रतिबिम्बित भएको छ। प्रतिबन्धले विदेशी हस्तक्षेप र षड्यन्त्रसँग लड्ने इरानी जनताको संकल्पलाई असर गर्दैन भन्ने कुरा पश्चिमलाई राम्ररी थाहा रहेको कनानीले जोड दिनुभएको छ।

 कनानीका अनुसार इरानले त्यस्ता कार्यहरू विरुद्ध बदला लिने अधिकार सुरक्षित राखेको छ र छिट्टै युरोपेली संघ र बेलायतद्वारा मानव अधिकार उल्लंघन र आतंकवादको समर्थनको लागि नयाँ प्रतिबन्धहरूको घोषणा गर्नेछ।

 युरोपेली संघको वर्तमान अध्यक्षता मुलुक स्विडेनले जनवरी २३ तारिखमा सामाजिक सञ्जालमा युरोपेली संघको विदेश मन्त्री बैठकले इरान विरुद्ध नयाँ प्रतिबन्धहरू पारित गरेको छ।