वसन्त चाड परिवाहनको १८ औँ दिन चीनमा २ करोड ९० लाख ४२ हजार व्यक्तिद्वारा यात्रा
2023-01-25 15:54:27cri
Share with:

चीनको राज्य परिषदको वसन्त चाड परिवाहन विभागका अनुसार, जनवरी २४ तारिख अर्थात् वसन्त चाड परिवाहनको १८ औँ दिनमा चीनमा रेलमार्ग, राजमार्ग, जलमार्ग, उड्ड्यानबाट २ करोड ९० लाख ४२ हजार व्यक्तिले यात्रा गरेका छन्। यो सन् २०१९ को सोही अवधिको तुलनामा ४३.४ प्रतिशत कम हो र सन् २०२२ कोभन्दा ६७.३ प्रतिशत बढी हो।

सो अवधिमा एक्प्रेस मार्गको कूल ट्र्याफिक मात्रा ४ करोड ७० लाख ३३ हजार पुगेको छ। ती मध्ये गाडीको ट्र्याफिक मात्रा ४ करोड ५७ लाख ४२ हजार पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा ९.७ प्रतिशतले बढी हो र सन २०२२ कोभन्दा ३९.७ प्रतिशत बढेको हो।