वसन्त चाड परिवाहनको १९ औँ दिन चीनमा ३ करोड ५३ लाख १ हजार व्यक्तिद्वारा यात्रा
2023-01-26 16:02:29cri
Share with:

चीनको राज्य परिषदको वसन्त चाड परिवाहन विभागका अनुसार, जनवरी २५ तारिख अर्थात् वसन्त चाड परिवाहनको १९ औँ दिनमा चीनमा रेलमार्ग, राजमार्ग, जलमार्ग, उड्ड्यानबाट गरी ३ करोड ५३ लाख १ हजार व्यक्तिको यात्रा गरेका छन्। यो सन् २०१९ को सोही अवधिको तुलनामा ३८.२ प्रतिशत कम हो र सन् २०२२ कोभन्दा ७३ प्रतिशत बढी हो।

सो अवधिमा एक्प्रेस मार्गको कूल ट्र्याफिक मात्रा ५ करोड ७ लाख पुगेको छ। ती मध्ये गाडीको ट्र्याफिक मात्रा ४ करोड ९१ लाख ३३ हजार पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा ७.४ प्रतिशतले बढी छ र सन २०२२ कोभन्दा ३३.२ प्रतिशत बढेको छ।