सछ्वानको लुतिङ जिल्लामा ५.६ म्याग्निच्युटको भूकम्प
2023-01-26 16:15:58cri
Share with:

सन् २०२३ जनवरी २६ तारिख ३ बजेर ४९ मिनेट जाँदा सछ्वान प्रान्तीय कानच प्रिफेक्चरको लुतिङ जिल्लाको मोसी टाउन नजिक ५.६ म्याग्निच्युटको भूकम्प गएको छ। २६ तारिख ११ बजेसम्म १०० पटकभन्दा बढी पराकम्पन गएको छ।

 भूकम्प गएपछि सछ्वान प्रान्तले तत्कालै उद्धार कार्य थालेको छ। २६ तारिख ११ बजेसम्म प्रकोप क्षेत्रमा बिजुली, सञ्चार, एक्स्प्रेस मार्ग, राजमार्गको संचालन सबै सामान्य भएको छ। गाउँमा केही बाटो तथा पुल भत्किएको र पहिरो गएको अवस्था देखिएको छ। सरकारले सकेसम्म चाँडो पुनःनिर्माण गर्न कोशिश गरिरहेको छ।

 थाहा भएअनुसार, अहिलेसम्म हताहत अवस्था देखिएको छैन।