वसन्त पर्वको बिदामा सशक्त अग्नी नियन्त्रकको व्यवस्था
2023-01-26 17:02:50cri
Share with:


चीनको वसन्त पर्वको समयमा केही सांस्कृतिक अवशेषहरू र प्राचीन भवनहरू, प्राचीन गाउँहरू र प्राकृतिक रमणीय स्थलहरूमा यात्रु बढेकाले चीनको राष्ट्रिय अग्नि उद्धार ब्यूरोले पुरातन भवनहरू र प्राकृतिक दृश्य स्थलको सुरक्षा सुनिश्चित बनाउनका लागि देशभरबाट अग्नि उद्धार टोलीहरू खटाएको छ।

हाल केही दिनमा बेइजिङको फरबिडन सिटीमा पर्यटकको संख्या बढेको छ। अग्नि पर्यवेक्षकहरूले समय समयमा निषेधित सहरको आगो निभाउने सुविधाहरूको निरीक्षण र परीक्षण गरेका छन् र आगो तथा बिजुलीको प्रयोगको जाँच गरेका छन्।

क्वीचौ प्रान्तमा अवस्थित सिजियाङ हजारौँ मियाओ आबास क्षेत्र हाल चीनको सबैभन्दा ठूलो मियाओ गाउँ हो भने यसको कूल १,४६८ घर र ६,५०० भन्दा बढी स्थायी जनसंख्या भएको ६०० वर्षभन्दा लामो इतिहास छ। यहाँ आबास भवन सबै काठको संरचना हुन्। हाल मियाओ जातिको शैलीको अवलोकन गर्ने यात्रु भिड लागेको देखिन्छ। सुरक्षा सुनिश्चित गर्नको लागि आगो पर्यवेक्षकहरूलाई धेरै सुरक्षा गस्ती टोलीहरूमा विभाजन गरिएको छ र समयमै आगोको खतराहरू फेला पार्न र हटाउनको लागि सडकहरू वरिपरि हिँडिरहेका हुन्छन्।