चाइना मिडिया ग्रुपको "नयाँ युगको आइसब्रेकरहरूको खोजी" ठूलो मिडिया कार्यक्रम सम्पन्न
2023-01-26 16:04:09cri
Share with:

जनवरी २५ तारिख, चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बेलायती ४८ समूह क्लब "आइसब्रेकर्स" ले आयोजना गरेको चिनियाँ नयाँ वर्ष २०२३ मनाउने समारोहका लागि शुभकामना सन्देश पठाउनु भएको छ। पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा चाइना मिडिया ग्रुपको संयोजनमा रहेको "नयाँ युगमा आइसब्रेकरहरू खोजी" शीर्षकमा ठूलो मिडिया कार्यक्रम लन्डनस्थित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्समा सफलताका साथ आयोजना गरिएको छ।

बेलायतका लागि चिनियाँ राजदूत चङ चख्वाङले कार्यक्रमलाई बधाई पत्र पठाउनुभयो र बेलायतस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत याङ सियाओ ख्वाङले कार्यक्रम स्थलमा उक्त बधाई पत्र वाचन गर्नुभयो। राजदूत चङ चख्वाङका अनुसार चिनियाँ नयाँ वर्षको चाडपर्वको अवसरमा चाइना मिडिया ग्रुपको युरोपेली मुख्यालयले उक्त कार्यक्रमको आयोजना धेरै अर्थपूर्ण छ। सन् २०२२ जनवरी २६ तारिखमा राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिटिश ४८ समूह क्लबको "आइसब्रेकर्स" नयाँ वर्षको उत्सवमा बधाई सन्देश पठाउनुभएको थियो। चीन-बेलायत सम्बन्धको विकासमा महत्वपूर्ण योगदान सिर्जना गरेका पुराना व्यक्तिहरुको प्रशंसा गर्नुभएको थियो।

विगत आधा शताब्दीमा ती पुरानो पुस्ताको कडा  प्रयास रहेकाले चीन-बेलायत सम्बन्धले निरन्तर विकसित हुँदै आइरहेको छ। भाविष्यमा चीन र बेलायतबीचको सम्बन्धले बाधाहरू पार गरेर अगाडि बढ्नुपर्छ।