सय वर्षीय औयोगिक पार्कमा वसन्त चाड
2023-01-26 17:13:35cri
Share with:

पश्चिमी पैचिङमा पर्ने शौकाङ उद्योग पार्क सन् २०२२ मा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको स्की जम्पिङ प्रतियोगिता आयोजना भएबाट विश्वव्यापी चर्चित बनेको छ। उक्त एक सय वर्षीय उद्योग क्षेत्र आधुनिक पुनःनिर्माण गरेपछि हिउँदे ओलम्पिक खेलकुदको आयोजना बाहेक सर्वसाधारण घुम्ने चर्चित क्षेत्र पनि बनेको छ। वसन्त चाड अवधिमा सजावट गरिएपछि पनि निकै रमाइलो देखिएको छ।