चीन अर्जेन्टिनाको महत्वपूर्ण व्यापरिक साझेदार रहेको अर्जेन्टिनाका विदेशमन्त्रीको भनाइ
2023-01-26 16:09:53cri
Share with:

जनवरी २४ तारिख ल्याटिन अमेरिका र क्यारिबियन मुलुक समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस आर्यसमा आयोजना भएको छ। सो अवसरमा अर्जेन्टिनाका विदेशमन्त्री सान्टियागो क्याफिएरोले सीएमजीलाई अन्तर्वार्ता दिनुभएको छ।

उहाँले चीन अर्जेन्टिनाको महत्वपूर्ण व्यापार साझेदार हो भन्दै दुई देशले आर्थिक तथा व्यापारिक क्षेत्रको सहयोगको ठूलो विकास हुनसक्ने अपेक्षा आफूले लिएको विचार व्यक्त गर्नुभयो। अर्जेन्टिनाले वेल्ट एन्ड रोडमा संलग्न भएबाट अर्जेन्टिनामा चीनको लगानीलाई बढाउने र दुई पक्षबीच पूर्वाधार लगायत  आर्थिक तथा व्यापारिक सम्बन्धलाई ठूलो विकास गर्ने गरी चीनलगायत विश्वलाई अर्जेन्टिना सामग्री निर्यात गर्ने विविधता र प्रतिश्पर्धात्मक शक्तिलाई बढाउन सकिने आशा आफूले लिएको बताउनुभयो।

उहाँले वेल्ट एन्ड रोडमा संलग्न भएपछि ब्रिक्समा भाग लिने इच्छा पनि अर्जेन्टिनाले लिएको भन्दै ब्रिक्समा संलग्न हुनु नै प्राकृतिक नतिजा हो किनभने अर्जेन्टिनाका शीर्ष चारवटा व्यापारिक साझेदारीमध्ये ३ वटा अर्थात ब्राजिल, चीन, भारत ब्रिक्सका सदस्य हुन् भन्ने कुरा दोहोर्याउनुभयो।