वसन्त चाड अवघिमा दरिलो हुँदै उपभोग्य बजार
2023-01-27 15:52:08cri
Share with:

यसै वसन्त चाड विभिन्न क्षेत्रका वाणिज्य क्षेत्रमा निकै भीडभाड र रमाइलो देखिएको छ। मानिसमा किनमेल, खानपान, मनोरञ्चन गर्ने उत्साह बढेको छ। धेरै रेस्टुराँमा लामो लाइन देखिएको छ।

 

चच्याङ प्रान्तको निङपो शहरमा विभिन्न शपिङ मलमा प्रमोशन कार्यक्रम चलाइएको छ। तीमध्ये सुन, गहना आदि सामग्री वसन्त चाड उपभोगको प्रमुख कुरा बनेका छन्। साथै धेरै रेस्टुराँमा मध्यान्ह १२ बजे नपुग्दै भरिएका छन् र बाहिर धेरै पाहुना पर्खिरहेको देखिन्छन्। एक रेस्टुराँका मालिकका अनुसार, यसै वसन्त चाडको व्यापार निकै राम्रो छ भने गत वर्षको यही अवधिको यात्रु प्रवाह मात्रा ३० प्रतिशतले बढेको छ।

 क्वाङतुङका धेरै रेस्टुराँ वसन्त चाडअघिदेखि पूर्ण रूपमा रिजर्भ भइसकेका थिए। रेस्टुराँमा खाने उत्साह धेरै बढेको मात्र नभइ खाना लिएर जानेहरुको सङ्ख्या पनि उत्तिकै बढेको छ।

 

जनवरी २१ देखि २५ तारिखसम्म हाइनान प्रान्तका समस्त १२ वटा कर छुट पसलको कूल बिक्री मात्रा १ अर्ब ६८ करोड ५० लाख चिनियाँ युआन पुगेको छ भने सन् २०२२ को सोही अवधिको तुलनामा २०.२३ प्रतिशत बढेको छ र सन २०१९ को भन्दा ३२५ प्रतिशत बढेको छ।